#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956423710033610458312141807
नेपाल2139060617415156

शहीद स्मारक लिग : मनाङ मस्याङ्दीद्वारा पुलिस क्लब पराजित

काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङका लागि विमल राना र अञ्जन विष्टले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको ३२ औँ मिनेटमा विमलले पहिलो गोल गरे । उनले आदित्य चौधरीले दिएको पासमा गोल गरेका थिए । खेलको ४३ औँ मिनेटमा अञ्जनले गोल गरेका थिए ।

उनले निशान लिम्बुको पासमा गोल गरेका हुन् । खेलको ९० औँ मिनेटमा विशाल बस्नेतले रातो कार्ड पाएपछि पुलिस क्लब १० खेलाडीमा सीमित भएको थियो । खेलको म्यान अफ दी म्याच मनाङका गोलकिपर दिप कार्की घोषित भए । मनाङ लिगको तेस्रो स्थानमा तथा पुलिस क्लब छैटौँ स्थानमा उक्लेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार