कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको रुपन्देहीस्थित निवासमा निधन भएको हो ।

कांग्रेस रुपन्देहीका नेता समेत रहेका उनले भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । प्रदेश नं ५ बाट राष्ट्रिय सभामा निर्वाचित उपाध्यायको दुई वर्षे कार्यकाल यही फागुन २१ गते सकिदैँ थियो । उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय थिए ।

५० वर्षीय उपाध्यायको श्रमती, ३ छोरा र २ छोरी छन् ।

सम्बन्धित समाचारहरु