हलेसी तुवाचुङ नगरले आफ्नै बजेटबाट १५ वटा विद्यालय भवन बनाउँदै

हलेसी तुवाचुङ नगरले आफ्नै बजेटबाट १५ वटा विद्यालय भवन बनाउँदै


खोटाङको हलेसी तुवाचुङ नगर भित्र शिक्षाका नाममा कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ। नगरभित्र “जिरो फि” घोषणा गरी कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको नगरप्रमुख बिमला राईले जानकारी दिए।

 “जिरो फि” घोषणा गरेको उक्त नगरपालिकाले यसवर्ष १५ वटा सामुदायिक विद्यालयका भवन निर्माण गर्ने समेत भएको छ। नगर कार्यपालिकाको १०४ औँ बैठकले यस बर्ष नगरपालिकाको बजेटबाट १५ वटा सामुदायिक विद्यालयका भवन निर्माण गर्ने निर्णय गरेको हो।

हिजो बसेको नगरकार्यपालिकाको बैठकले नगरपालिकाको प्रशासनिक भवन निर्माण प्रारम्भ गर्ने,नागरिकको प्रशासनिक सेवा प्रवाह गर्न ६ वटा वडा कार्यालय भवन निर्माण गर्ने, बृहत लिफ्टिङ खानेपानी भुम्जुको पानी सञ्चालन गर्न आयोजनाले व्यवस्थापन नगरेसम्मका लागि विधुत महसुलका लागि नगरपालिकाले बजेट व्यवस्था गर्ने,बृहत खानेपानी आयोजना अन्तर्गत उपभोक्ताहरुले आफ्नो घरमा पानी लाने पाइप लाइन खन्नलाई निरन्तरता दिने र बाँकी रहेकोमा सुरुवात गर्ने गराउने साथै एसइइमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेर प्रोत्साहन गर्ने निर्णय गरेको छ।

विद्यार्थी अनुपातमा भवन नभएका र भएपनि जिर्ण बनेका कारण पठनपाठनमा समस्या रहेका विद्यालयमा नयाँ भवन निर्माण गरेर पठनपाठन सहज बनाउने निर्णय भएको नगर प्रमुख राईले बताए।

Logo