संसदीय समितिको नेतृत्वमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपा आउट

संसदीय समितिको नेतृत्वमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपा आउट


संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ। आज बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिमा भागबन्डा मिलेको जानकारी गराएका छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ले पार्टीमा जानकारी गराए अनुसार प्रतिपक्षी दल नेकपा एमालेसहित ६ दलले मात्र समितिको नेतृत्व पाउने भएका छन्। काँग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।

‘प्रचण्ड’ले सुनाएको सहमति अनुसार नेतृत्व पाउमा प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले समितिको नेतृत्व नपाउने निश्चित भएको छ। संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन्। शीर्ष नेतृत्वको बैठक मध्याह्न १२ बजे सभामुखको कार्यकक्षमा बस्नेछ।

Logo