कक्षा १२ को नतिजा अर्को साता

कक्षा १२ को नतिजा अर्को साता


यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो । उनका अनुसार परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५६ हजारभन्दा बढी परीक्षार्थीले कम नम्बर आएको विषयमा ग्रेड वृद्धि गर्न परीक्षा दिएका थिए । परीक्षा ७७ वटै जिल्लाका एक हजार ४५३ परीक्षा केन्द्रबाट वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो ।

Logo