जेभियर इन्टरनेशनलमा पठनपाठन सुरू हुनुअघि १५ सय विद्यार्थीले लिए शपथ

जेभियर इन्टरनेशनलमा पठनपाठन सुरू हुनुअघि १५ सय विद्यार्थीले लिए शपथ


विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको जेभियर इन्टरनेशनल कलेजले विद्यार्थीहरूलाई आगामी गन्तव्य र पठन संस्कृतिबारे प्रतिबद्ध बनाउन नयाँ प्रयोगको सुरुवात गरेको छ । 

कमलादीस्थित एकेडेमी हलमा जेभियरले ११ कक्षा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको पठनपाठन सुरू हुनुअघि शपथग्रहण तथा अभिमुखीकरणसहित स्वागत कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा करिब १५ सय विद्यार्थीको स्वागत तथा शपथग्रहण र अब के पढ्ने र कसरी पढ्ने भन्नेबारे छलफल भएकाे थियो । 

कार्यक्रममा करिब १५ सय विद्यार्थीको स्वागत तथा शपथग्रहण र अब के पढ्ने र कसरी पढ्ने भन्नेबारे छलफल भएकाे थियो ।

सो अवसरमा कलेजका प्रिन्सिपल दिपेन दाहालले यस वर्ष जेभियर इन्टरनेशनल कलेज स्थापनापछिकै सबैभन्दा बढी १५ सय विद्यार्थी कक्षा ११ मा भर्ना भएको जानकारी दिए । तीमध्ये ७ जना जीपीए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थीसमेत छन् । 

२५ हजार बढी विद्यार्थीलाई अध्यापन गराउन सफल जेभियरले विदेशमा समेत आफ्नो ख्याति बटुलेको छ ।

कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा ए लेभलसहित विज्ञान,व्यवस्थापन, मानविकीलगायतका संकायको अध्ययन हुन्छ ।  २५ हजार बढी विद्यार्थीलाई अध्यापन गराउन सफल जेभियरले विदेशमा समेत आफ्नो ख्याति बटुलेको छ । विद्यार्थीको व्यक्तित्व विकासका लागि पाठ्यक्रमसंग सम्बन्धित तथा अतिरिक्त क्रियाकलापमा समेत कलेजले जोड दिएको छ । 

Logo