‘दोहोरी आइकन’ फिजिकल अडिसन मंगलबारदेखि

‘दोहोरी आइकन’ फिजिकल अडिसन मंगलबारदेखि


टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ फिजिकल अडिसन सुरु हुने भएको छ ।

मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो शो हुन लागेको हो । श्रावण ३० गते अथात् भोली मंगलबारदेखि चावहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जनाकारी दिएको छ ।

यस दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ । शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन् । शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।

‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने आयोजकले जनाएको छ । आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण सुरु हुने बताएको छ ।

Logo