राप्रपा असफल भएकै राप्रपाको नेता हुँ भन्नेहरुले काम नगरेर होः अध्यक्ष लिङ्देन

राप्रपा असफल भएकै राप्रपाको नेता हुँ भन्नेहरुले काम नगरेर होः अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गफ दिएको भरमा अब पार्टीको नेता हुन नपाइने बताएका छन् ।  

शुक्रबार भक्तपुरमा आयोजित राप्रपाको चाँंगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाका नेता हुँ भन्नेहरुले पार्टीलाई असफल बनाएर छाडेको आरोप लगाएका हुन् । 

उनले भने, ‘अब राप्रपामा केन्द्रीय कार्यालयमा घुमेर, कनै नेताको घर दैलो गरेर, नेताको घरमागएर कुरा लाएर नेता हुन नपाउने व्यवस्था मिलाएका छौं । राप्रपा कहाँ असफल भयो पत्ता लगाईसकेको छौं र राप्रपा असफल भएकै राप्रपाको नेता हुँ भन्नेहरुले काम नगरेर हो ।’ 

अध्यक्ष लिङ्देनले अब नेताहरुलाई खुट्टामाथि खुट्टा खापेर सोफामा बसेर ठूलो ठूलो कुरा गर्ने मौका नपाउने व्यवस्था मिलाएको बताए । उनले भने, ‘कुराले दलिन जुधाउने भन्छ नि नेता नेता जुधाउने यताको कुरा उता लाने धाउने अहिले पनि साना साना अवशेषहरु बाँकी छ ।’ उनले अब सबै एक भएर अगाडि जानुपर्ने र भ्रष्टाचार गर्न नहुने बताए । 

अहिले भ्रष्टचारको विरुद्धमा कुनै पनि नेता, कुनै पार्टी बोल्छ भने राप्रपाको डरले बोलेको अध्यक्ष लिङ्देनको दावी छ । 

Logo