सर्वोच्चले तोकेरै पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर भनेको छैनः प्रवक्ता खतिवडा

सर्वोच्चले तोकेरै पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर भनेको छैनः प्रवक्ता खतिवडा


नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्नु भनेर नभनेको तर्क गरेका छन् । 

केन्द्रिय कार्यालयमा शनिबार सचिवालय बैठकपछि सञ्चारकर्मीसंग प्रवक्ता खतिवडाले आवश्यक पर्नेहरुमाथि छानबिन गर्न भनेको बताएका हुन् । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाललाई अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकाे अवस्थामा उनकाे याे अभिव्यक्ति आएकाे हाे । 

उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुमाथि छानबिन गर्नु भनेर सर्वोच्चले तोकेर भनेको मलाई थाहा छैन । छानबिन गर्न आवश्यक पर्ने कसैलाई पनि नछोड्नु भन्ने आशयमा उसले आफ्नो आदेश दिए जस्तो लाग्छ । छानबिन गर्न आवश्यक पर्नेहरुलाई उसले (सिआइबी)ले बोलाउँछ र आवश्यक नपर्नेहरुलाई बोलाउँदैन । त्यसकारण यो मेरो जानकारीको विषय होइन,जसले छानबिन गरेको छ । अनुसधान गर्ने अधिकारीको जानकारीको विषय हो ।’

आजको सचिवालय बैठकले भदौ ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटीका एजेण्डा तय गरेको र महत्वपूर्ण निर्णय ७ गते सार्वजनिक गर्ने निर्णय भएको पनि प्रवक्ता खतिवडाले जानकारी दिए । 

Logo