यस्ताे छ आज फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आज फलफूल तथा तरकारीको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ। 

समितिका अनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य आज ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ। नेपाली सानो गोलभेँडा ५८ रुपैयाँ,रातो आलु ५२ रुपैयाँ,भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ। 

घिउ सिमी लोकल ८०, भन्टा डल्लो ८०, तने बोडि ८०,मकै बोडि ९०, भटमास कोशा १००, तितो करेला ८०, लौका ६०,लोकल परवल ५५,घिराैंला ६०, हरियो फर्सी ८०,फर्सी पाकेको ४५, स्कूस ५०, कन्य च्याउ १५०,डल्ले च्याउ ३५०,कुरीलो ४५०,ब्रो काउली १५०,काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ। 

त्यस्तै, आजका लागि केरा दर्जनको १४० रुपैयाँ, स्याउ फूजी ३५०, अनार ३००, आँप दशहरी २२०,कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १२०,नासपाती लोकल ७०, मेवा भारतीय ८०,किवी ७०० र आभोकाँडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। 

Logo