धनु राशि हुनेकाे लागि यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

धनु राशि हुनेकाे लागि यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल


२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। 

हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।  साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। 

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

धनु राशि  

यो साता राम्रो रहने छ आम्दानी बढ्ने छ । मानसिक चिन्ताले सताउन सक्छ, घरपरिवारमा सम्बन्ध बिग्रन सक्छ। प्रेमि-प्रेमिकाहरुमा समस्या आउनसक्छ ध्यानपूर्वक सम्बन्ध राख्नु होला। 

महिलाहरुको इज्जत गर्नुस् नभए बात लाग्नसक्छ। आम्दानी राम्रो हुनेछ र पहिलाको रोकिएको काम बन्नेछ। मन दुविधामा रहने छ जस्ले तपाईंलाई साताभर चिन्तित बनाउने छ। श्रीमती-श्रीमानको मात्र साथ पाउनु हुनेछ।

नयाँ काम गर्दै हुनुहुन्छ भने सोचेर बिचार गरेर मात्र गर्नुस् हतारमा लगानी नगर्नुस्। साताको अन्त्यमा रोकिएको काम बन्ने छ। नयाँ मित्रहरुको साथ मिल्ने छ ।सोसियल लाइफ राम्रो रहने छ ब्यर्थको चिन्ता नलिनुहोला।

उपाय- दिनमा १० मिनेट ध्यान गर्नुहोला। गायत्री मन्त्रको नियमित जप गर्नुस् मानसिक तनाव कम हुनेछ।

Logo