एअर इन्डियाकाे इजरायल जाने सबै उडान १४ अक्टोबरसम्म रद्द

एअर इन्डियाकाे इजरायल जाने सबै उडान १४ अक्टोबरसम्म रद्द


पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ। हमासले शनिबार बिहानदेखी इजरायलमा आक्रमण गरेपछि विश्वमा नयाँ युद्ध सुरु भएको छ, जसको प्रभाव चारैतिर देखिन थालेको छ। 

पछिल्लो संकटलाई ध्यानमा राख्दै एयर इन्डियाले इजरायलको राजधानी तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि सबै उडान रद्द गरेको छ।

एयर इन्डियाका प्रवक्ताले आइतबार साँझ भने कि एयरलाइनले तेल अवीव जाने सबै उडानहरू अक्टोबर १४ सम्म रद्द गर्ने निर्णय गरेको छ। 

कम्पनीले आफ्ना चालक दलका सदस्य र सबै यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरेको प्रवक्ताले बताएका छन्। उनले अक्टोबर १४ सम्म कन्फर्म टिकट भएका यात्रुलाई कम्पनीले सक्दो सहयोग गर्ने बताएको छ।

टाटा समूहको एयरलाइन्स एयर इन्डियाले तेल अवीव र नयाँ दिल्लीबीच साप्ताहिक रूपमा पाँच उडानहरू सञ्चालन गर्दछ। यी उडानहरू सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार हुँदै आएका छन्। 

पछिल्लो घोषणा अघि कम्पनीले हिजो शनिबार पहिलो पटक उडान रद्द भएको जानकारी दिएको थियो। तर, शनिबार ७ अक्टोबरको उडानबारे एक दिनको अपडेट मात्र दिइएको थियो।

Logo