#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32982381996624764951624336241
नेपाल718214671834153013

अमेरिकाले बनाएको कोरोना भाइरसको खोप परिक्षण गरियो (भिडियोसहित)

काठमाडौं ।

विश्वमै त्रास फैलाइरहेको कोभिड-१९ (कोरोना भाइरस) उपचारका लागि अमेरिकाले खोप तयार पारेको छ । कोरोना विरुद्धको नयाँ खोपलाई सोमबार ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरुमा परिक्षण गरिएको छ । तर यसको पूर्ण रिपोर्ट आउन भने २ महिनासम्म लाग्ने बताइएको छ ।

एमआरएनए–१२७३ नाम दिइएको उक्त खोपलाई पहिलो चरणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरुमा परिक्षण गरिएको हो । ती स्वयंसेवीहरूले संक्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन् । सो खोपमा वास्तविक कोरोना भाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए (एमआरएनए) को सानो भाग भएको बताइएको छ ।

कोरोना भाइरस विरुद्धको नयाँ खोपको परिक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा गरिएको हो । मोडेर्ना नाम गरेको निर्माताले सो खोपको निर्माण गरेका हुन् । उक्त खोप परीक्षणका लागि अमेरिकाले खर्च उपलब्ध गराएको छ ।

बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ । पहिलो चरणमा कोरोना भाइसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच गरिनेछ ।

हाल सम्म १ सय ५८ देशमा कोरोना फैलिसकेको छ भने १ लाख ८१ हजारमा संक्रमण देखिएको छ । कोरोनाकै कारण विश्वभर ७ हजार १ सय भन्दा बढीको ज्यान गइसकेको छ भने ७९ हजार जना निको भएर फर्किएका छन् । हेरौं यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु