#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30940524960224743152822548772
नेपाल627974011712945267

अवैध लागूऔषधसहित १२ जना पक्राउ

फाइल फोटो

काठमाडौं ।
लागूऔषध नियन्त्रण ब्युरोले नियन्त्रित लागूऔषध र मनोद्विपक पदार्थसहित १२ जनालाई पक्राउ गरेको छ ।

ब्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारबाहीका क्रममा तीन महिलासहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पछिल्लो १२-१२ दिनमा चलाएको अभियानमा ब्युरोले ठूलो सफलता प्राप्त भएको जनाएको छ । नेपालमा लागूऔषध भित्रिने मुख्य नाकाहरु वीरगञ्ज, काँकडभिट्टा र सुनौली रहेको प्रहरीले जनाएको छ । मुख्य नाकामध्ये वीरगञ्जमा लागूऔषध नेपाल ओसार पोसार गर्ने भारतको मोतिहारी पूर्वी चम्पारणका २४ वर्षिय विकासकुमार र सोही ठाउँका २४ वर्षिय विकास कुरमा रामलाई समेत पक्राउ गर्न सफल भएको जनाएको छ । उनीहरुको साथबाट बुप्रेनोफिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल र फेनारगन ४ सय एम्बुलसमेत बरामद भएको छ । उक्त कारोबारमा संलग्न काभ्रे धुलिखेल ६ का उद्वव आचार्यलाई समेत पक्राउ गरिएको छ । चैत १ गते काठमाडौंको कलंकीबाट पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोका प्रमुख बसन्तबहादुर लामाले बताए ।

चैत १ गते प्रहरीले बुप्रेनोर्फिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुलसहित पर्साको वीरगञ्ज महानगरपालिका १३ का मैंयादेवी श्रेष्ठ, वडा नम्बर १५ का ज्योती बराललाई पक्राउ गरेको थियो । ब्युरोले फागुन २८ गते काठमाडौंको गोकर्णेश्वर ८ बेसीगाउँबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याब्लेट र लागु औषध कारोबारको रकम १ लाख ९४ हजार ५ सयसहित सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिका ७ का राजीव तामाङलाई पक्राउ गरेको छ ।

उनीसँगै ओखलढुंगा, सिद्धिचरण नगरपालिका ७ का सरोज राईलाई पक्राउ गरिएको व्युरोले जनाएको छ । यसैगरी फागुन २२ गते बल्खुबाट बुप्रेनोफिर्न, डाईपेजाम र फेनारगन ३—३ सय एम्पुलसहित बाराको कलैया ७ बाट पचुदास गिरीलाई पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले फागुन २० गते नुवाकोट सूर्यगढी नगरपालिका ५ का सरोज पौडेल, सिन्धुपाल्चोक इन्द्रावती ४ का उर्मिला तामाङ, धादिङको निलकण्ठ नगरपालिका १ का राजकुमार गुरुङ र महोत्तरी मटिहानी नगरपालिका ८ का इमतियाज नदाफलाई बुप्रेनोर्फिन ३९६ एम्पुल, डाइजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुलसहित नियन्त्रणमा लिइएको जनाएको छ ।

सम्बन्धित समाचारहरु