अर्को गठबन्धन बनाउन उचित हुन्छ भने संस्थागत छलफल गरौँः महामन्त्री शर्मा

अर्को गठबन्धन बनाउन उचित हुन्छ भने संस्थागत छलफल गरौँः महामन्त्री शर्मा


कोशी सरकार गठन प्रक्रियामा शेखर कोइराला पक्षधरले अपनाएको ‘तरिका’ प्रति नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।  काँग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको समर्थनमा कोइराला पक्षधर केदार कार्की मुख्यमन्त्री बनेपछि महामन्त्री शर्माले असन्तुष्टी जनाएका हुन्।

उनले कोशी सरकार गठनपछि कोइरालाले चालेको कदममा टिप्पणी गर्दै भनेका छन्, ‘सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न।’

उनले गठबन्धन परिवर्तन गर्ने भएमा सल्लाहमा नै संस्थागत निर्णय गर्न सकिने जनाएका छन्। उनले पहिला पनि पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नहुने अडान आफू र अर्का महामन्त्री गगन थापाले राखेको स्मरणसमेत गराएका छन्। 

‘काँग्रेस, माओवादी र एसको गठबन्धन संसद विघटन विरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो, काँग्रेसको संस्थागत निर्णय पनि यहि हो। पुस १० मा टुटेपछी विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौँ, तर पार्टीको संस्थागत निर्णय मान्यौँ,’ शर्माको प्रस्ताव छ,‘यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौँ, सँधै यो बोकि रहनुपर्छ, जरुरी छैन। तर संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न।’

Logo