एमालेका कारण संविधान संशोधन असफल भयोः उपप्रधानमन्त्री खड्का

एमालेका कारण संविधान संशोधन असफल भयोः उपप्रधानमन्त्री खड्का


उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रकृया नेकपा एमालेका कारण रोकिएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री खड्काले एमालेकै कारण संविधान संशोधनको दोस्रो प्रस्ताव असफल भएपछि संशोधनको प्रकृया आज पनि थाँती नै रहेको बताएका हुन् । 

उनले भने,‘संविधानको दोस्रो संशोधनको प्रकृया पनि शेरबहादुर देउवाको नेतृत्वमा हामीले संविधानको दोस्रो संशोधनको तयारी गरेर प्रतिनिधि सभामा प्रस्ताव लिएर गएका थियौं । त्यो प्रस्ताव अरु कसैको कारणले हैन एमालेको कारणले असफल भयो । त्यो असफल भएको संशोधनको प्रकृया आज पनि बाँकी छ ।’

उपप्रधानमन्त्री खड्काले वर्तमान संविधान संघीय लोकतान्त्रीक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरुको अगाडि कार्यान्वयनको चुनौतीका रुपमा रहेको औंल्याए । संविधान जारी गर्दा आफुहरुले संविधान सभा मार्फत सिंगो नेपाली जनता र संसारका लोकतन्त्रवादीहरुलाई दिएको विश्वास पुरा गर्ने प्रकृया बाँकी नै रहेको उनको भनाई छ । 

Logo