विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने- जनताका आवश्यकता पूरा गर्नेगरी काम गर्नेछु

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने- जनताका आवश्यकता पूरा गर्नेगरी काम गर्नेछु


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सिद्धान्त र विचारमा विचलित नभई जनताका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

आज १ बजेर ५ मिनेटमा सुरु भएको प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले यस्ताे प्रतिबद्धता जनाएका हुन् । उनले मुलुकको सङ्घीय संरचनालाई अझ बलियो बनाई अघि बढ्न सबैले सङ्कल्प गर्नुपर्ने बताए । 

कोशी प्रदेशसभामा ९३ सदस्य छन् र बहुमतका लागि ४७ मत चाहिन्छ । गत असोज २७ मा उनलाई नेपाली काङ्ग्रेसका आठ र नेकपा एमालेका ३९ जनाको समर्थन प्राप्त भएको थियो । प्रदेशसभा बैठकमा विश्वासको प्रस्तावका विषयमा छलफल जारी भएको र केही समयपछि मतदान हुने कार्यसूची छ । 

Logo