चौथो विकेट गुमायो सिंगापुरले

चौथो विकेट गुमायो सिंगापुरले


आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले चौथो विकेट गुमाएको छ।

सिंगापुरको चौथो विकेट गुल्सन झाले लिएका छन्। गुल्सनले  गुल्सनले सिंगापुरका अमत्र्या कौललाई शून्य रनमै पेभेलियन फर्काएका हुन्। कौलको क्यान पनि गुल्सन आफैंले लिएका थिए। कौल आउट हुँदा सिंगापुरले ७.५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको छ। 

Logo