राष्ट्रसंघले हमासलाई हतियारमुक्त बनाउने भूमिका खेल्नुपर्छः विश्लेषक सुवेदी

राष्ट्रसंघले हमासलाई हतियारमुक्त बनाउने भूमिका खेल्नुपर्छः विश्लेषक सुवेदी


अर्थ राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले अहिले मध्यपूर्वमा चर्किएको युद्ध प्यालेष्टाइनविरुद्धको नभएको तर्क गरेका छन् ।  

इजरायर र प्यालेस्टाईनबीच जारी युद्धबारे काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा उनले इजरायलको युद्ध प्यालेस्टाईनसंग नभई हमाससंग मात्रै भएको जिकिर गरे । त्यस्तै त्यहाँ शान्ति कायम गर्न राष्ट्रसंघ असफल भएको उनको भनाई छ । 

अझै पनि राष्ट्रसंघले दुई देशको सिमा क्षेत्र खोलेर मानिसहरुको जीवन रक्षाका लागि भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘त्यो पास गरेर दुईवटै युद्धरत पार्टीहरुलाई कोरिडोर खोल्ने र रेस्क्यूका लागि मासिनहरुलाई त्यहाँ जान सक्ने रेडक्रस र अरु अन्तराष्ट्रिय रेस्क्यू गर्ने संस्थाहरुलाई जान सक्ने अवस्था निमार्ण गर्नुपर्छ ।’

त्यस्तै उनले संयुक्त राष्ट्रसंघले हमासलाई हतियार मुक्त गर्न भूमिका खेल्नुपर्ने तर्क गरे । नेपालले पनि हमासको निशस्त्रिकरणका लागि आवाज उठाउनु पर्ने उनकाे भनाई छ । 

‘मेरो कुरा के थियो भने सबै अरब देश र स्टेटहरु जुन छन् ती र यूएनले सबैले मिलेर हमासलाई निशस्त्र गर्ने, हमासलाई आतंकवादी गतिविधिबाट मुक्त गर्ने र इजरायलले टु नेशन सिद्धान्तमा सम्झौता गर्ने यो दुई बुदाँका लागि दबाब दिनुपर्छ र यसको लागि यूएनले कदम अगाडि सार्नुपर्छ भन्ने कुरा नेपालले बोल्छ की भन्ने लागेको थियो म भएको भए बोल्थे ।’ उनले भने ‘किनभने वीपि कोईरालाले त्यती वर्ष अगाडि बोलेको कुरा संसारमा प्रसिद्ध भयो भने पुष्पकमल दाहालले भनेको कुरा प्रसिद्ध हुँदैन भन्ने त होईन, नि ।’ 

Logo