#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73898735013547657156317
नेपाल5041

बुधबारदेखि अत्यावश्यक वस्तु किनबेच हुने पसल खुल्ने

काठमाडौं ।
बुधबारदेखि अत्यावश्यक वस्तु विक्री हुने  पसल खुल्ने भएका छन् । सरकारले एक साताका लागि मंगलबारदेखि मुलुकलाई लकडाउन गरेको थियो । लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकाले बुधबारदेखि अत्यावश्यक वस्तु किनबेच हुने खाद्यान्न,फलफुल,डेरि तथा ग्यास पसल सञ्चालन गर्न दिने भएको हो ।

बिहान र बेलुका मात्र पसल खोल्न दिँदा पसलमा किनमेल गर्न आउने सर्वसाधरणको भिडभाड बढेकाले कोरोना भाइरसको संक्रमण फैलिने उच्च जोखिम भएकाले त्यस्तो निर्णय गरिएको हो । मंगलबार गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युतलगायतका अत्यावश्यक पसल बन्द नहुने बताउँदै सदा झैँ निर्वाद सञ्चालक गर्न अनुरोध गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार