एनएमबि बैंकले कमायो ९६ करोड नाफा

एनएमबि बैंकले कमायो ९६ करोड नाफा


एनएमबि बैंकले तीन महिनामा ९६ करोड करोड बढी खुद नाफा कमाएको छ। शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

पहिलो त्रैमासमा बैंकले ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा भने ६.६३ प्रतिशतले बढी हो।

बैंकका खुद ब्याज आम्दानी पनि ८.२९ प्रतिशतले बढेर २ अर्ब २२ करोड ४५ लाख २० हजार रुपैयाँ कायम भएको छ। यस्तै, बैंकको संचलान नाफा पनि ६.५१ प्रतिशतले वृद्धि भई १ अर्ब करोड ६० लाख रुपैयाँ कायम भएको छ। यता, वितरणयोग्य नाफा पनि १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ कायम भएको छ।

बैंकको खराब कर्जा पनि ०.९४ प्रतिशतले वृद्धि भई २.८४ प्रतिशत कायम भएको छ। समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ २९ पैसाले वृद्धि भई २० रुपैयाँ ९८ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने १५९ रुपैयाँ ६९ पैसा कायम भएको छ।

करको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा तथा कोषमा भने १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ राखेको छ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा सामान्य (४.०९ प्रतिशतले) घटेर २ खर्ब १ अर्ब ७० करोड ६४ लाख रुपैयाँ कायम भएको छ। 

Logo