अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक छः चन्द्र ढकाल

अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक छः चन्द्र ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष ढकालले नेपाल आर्थिक पत्रकार संघको १५औं वार्षिकोत्सवमा बोल्दै अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएकाले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढाउन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदै गएको छ । पर्यटकको संख्या बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छैन । अब भनेको सर्वसाधारणलाई कन्फिडेन्स विकास गर्न आवश्यक छ ।’ 

अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेका छन् । जसले गर्दा अर्थतन्त्रको सूचकमा सुधार हुँदै गए पनि आर्थिक गतिविधि बढ्न सकेको छैन । उनका अनुसार अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एकरूपता भई अगाडि बढ्नुपर्नेछ । अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँ-कहाँ कसरी बढ्न सकिन्छ भने बहस गरी अगाडि बढ्न आवश्यक छ ।

Logo