जन्ममिति विवादपछि उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा

जन्ममिति विवादपछि उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा


नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । जन्ममिति विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

बिहीबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका हुन्। 

रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिनसमेत सुरू भएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत रक्षा मन्त्रालयमार्फत जंगी अड्डामा उमेर कीर्तेबारे पत्र पठाएपछि बलाध्यक्ष रथी सीताराम खड्काको नेतृत्वमा छानविन समिति गठन भएको छ । त्यसलगत्तै उनले राजीनामा दिएका हुन् । 

सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत पनि गरिसकेकाे बताइएकाे छ । 

Logo