#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व660645538855630245953193304
नेपाल2634102334290

सिन्धुपाल्चोकको हेलम्बुमा ३०५ शैयाको क्वारेनटाइन

सिन्धुपाल्चोक,

हेलम्बु गाउँपालिकाले प्रत्येक वडाको ३९ ठाउँ तोकेर क्वारेनटाइन निर्माण गर्ने भएको छ ।

शुक्रबार हेलम्बु गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाभरि ३९ ठाउँमा जम्मा ३०५ शैयाको क्वारेन्टाइन निर्माण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । साथै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको अध्यक्ष शेर्पाले बताए ।

बैठकले हेलम्बुवासीलाई घर नछाड्न र लकडाउनलाई कडाइका साथ पालना गर्न पनि आह्वान गरेको छ । बैठकले गाउँपालिकाका सबै वडामा क्वारेन्टाइन निर्माण गर्नुपर्ने भएकाले सम्बन्धित वडाका लागि निर्णय भएको क्वारेनटाइनस्थलको सुक्ष्म अध्ययन गरी गाउँपालिकामा आवश्यक सामग्रीको विवरण र टोल स्वास्थ्य सुधार समितको विवरण अविलम्ब पेश गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए।

खाद्य सामग्री वितरण

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सडक मजदुर र वृद्धवृद्धालाई खाद्य सामग्री वितरण गरेका छन् । पूर्वमन्त्री बस्नेतले ५३ जना मजदुर र वृद्धवृद्धालाई चामल, दाल, नुन, तेल र हात धुने साबुन वितरण गरेका हुन् । लकडाउनले बिहान–बेलुका खानाको समस्याले पिरोलिएका मजदुरलाई १५ केजीका दरले चामलका साथै दाल, नुन, तेल र साबुन वितरण गरिएको हो ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार