शाहरुख खानले सुपरस्टार अक्षय कुमारसँग १९९० को दशकमा ठूलो हिट फिल्ममा काम गरे तर दुवैले त्यसपछि एकसाथ कुनै फिल्म खेलेनन्।
शाहरुख खानको फिल्म इन्डस्ट्रीका सबै अभिनेता र अभिनेत्रीसँग निकै राम्रो सम्बन्ध छ। सुपरस्टार खानले अक्षय कुमारसँग कहिल्यै काम गर्न नसक्ने बताएका थिए र त्यसको कारण भने निकै रमाइलो थियो। उनले अक्षय कुमार बाहेक अरु कसैको कुरा गरेका थिएनन्।
एक अन्तर्वार्तामा जब पठान अभिनेतालाई अक्षयसँग थप फिल्म गर्ने हो कि ? भनेनेर सोधिएको थियो, उनले भने,‘यसमा म के भन्न सक्छु ? म त्यति चाँडो उठ्दिन, अक्षय ब्युझिएपछि बल्ल म सुत्न जान्छु।’
किंग खानले थप भने,‘अक्षयको दिन चाँडै सुरु हुन्छ। जब म काम सुरु गर्छु, अक्षय प्याक गरेर घर गइसकेको हुन्छन्। त्यसैले उसले धेरै घण्टा काम गर्न सक्छ। न त म जस्तै धेरैलाई रातमा सुटिङ गर्ने मन छ।’
शाहरुखले भने, ‘यदि उनी र अक्षय फिल्मका लागि सँगै आए भने सेटमा कहिल्यै भेट्ने छैनन्’,उनले हाँस्दै भने,‘उनी सुटिङ सकाएर घर फर्किदा म भने बल्ल सेटमा पुग्दै गरेको हुन्छु।’
अक्षय कुमारको बारेमा कुरा गर्दै अभिनेताले भने, ‘म अक्षय र उनले जस्तै काम गर्न चाहन्छु तर हाम्रो समय नै मिल्दैन।’ अक्षय कुमार र शाहरुख खानले सन् १९९७ मा यश चोपडाको फिल्म ‘दिल तो पागल है’ मा सँगै काम गरेका थिए। जुन सुपरडुपर हिट भएको थियो।
प्रतिक्रिया