पुरा होला त काठमाडौं भित्र र धुलिखेलसम्मको मेट्रोरेल सपना !?

काठमाडौँ, १२, कात्तिक
लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रोरेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ । वर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका साथै अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि सदस्य छन् ।
काठमाडौं रेलमार्ग र मोनोरेल परियोजना प्रदान गर्नका लागि गरिनुपर्ने निम्न परिपूर्ति कोष र परियोजना विकासका लागि उपयुक्त तरिकाबारे विद्यमान सार्वजनिक निजी साझेदारी नीति समेतलाई आधार मानी उपयुक्त सुझाव पेश गर्न समितिलाई जिम्मेवारी दिइएको थियो । बेलायती सहयोग नियोगका परामर्शदाताले तयार पारेको लागत अनुसार रुट–१ को मेट्रोको १ खर्ब ७६ अर्ब र रुट–२ को रेलमार्गको ३ खर्ब ६० रुपैयाँ लागत अनुमान गरिएको छ । तुरुन्तै बोलपत्र आह्वान गरेर निर्माण गर्न सकिने दुई मध्ये रुट–१ को विभाग मार्फत् र रुट–२ को लगानी बोर्डमार्फत् नै काम अघि बढाउने लक्ष्य राखिएको छ । मेट्रोरेलको योजना अघि बढाउन लगानी बोर्डले स्वीकृति दिनुपर्ने भए पनि प्रधानमन्त्री अध्यक्ष रहेको बोर्डको बैठक भने १८ साउन पछि बसेको छैन ।
कारोबारबाट

सम्बन्धित समाचारहरु