थपिए ३६ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

थपिए ३६ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बिहान पनि ३२ जना थपिएका थिए ।

पछिल्लो पटक ३६ जना नयाँ संक्रमित थपिएका छन् । आज बिहान पनि ३२ जना थपिएका थिए । यससँगै आजै मात्र ६८ जना नयाँ संक्रमित थपिएका छन् ।

आज विहान देखिएका संक्रमितहरु कपिलवस्तु, बारा, चितवन, काठमाडौँ , सर्लाही र रुपन्देहीका रहेका थिए।

हिजो मकवानपुर, भक्तपुर, बारा र सप्तरीका रहेका थिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । हाल सम्म ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

Logo