कोरोना अपडेटः देशभर करिब ९३ हजार परीक्षण

कोरोना अपडेटः देशभर करिब ९३ हजार परीक्षण


काठमाडौं । शनिबारको तथ्यांक अनुसार देशभर कोरोना भाइरसको कूल ९२ हजार ४ सय ४० परीक्षण गरिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ ।

त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर २६ हजार ६ सय ९१ पीसीआर परीक्षण गरिएको छ । भने ६५ हजार ७ सय ४९ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७९ नमुना परीक्षण गरिएको छ ।

देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १६ सय ३ सय ६६ रहेको छ भने आइसोलेसनमा रहनेको संख्या ३ सय २० रहेको छ । जसमध्ये उपत्यकामा ३२ जना र उपत्यका बाहिर २ सय ८८ जना रहेका छन् ।

त्यस्तैगरी शनिबारसम्म देशभर संक्रमितको संख्या २ सय ७८ पुगेको छ । कूल संक्रमितमध्ये २ सय १४ जना पुरुष र ५४ जना महिला रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । घर फर्किएका कूल ३६ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Logo