#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1529084894111102540337133
नेपाल9081

युएन पार्कमा बम बिस्फोट

काठमाडौं १५ मंसिर

ललितपुरको कुपन्डोलस्थित यूएन पार्क परिसरमा शुक्रबार साँझ बम बिस्फोट भएको छ । विस्फोटबाट कुनै मानविय क्षती नभए पनि स्थानिय जनता भनें त्रसित भएका छन् ।

युएन पार्क र थापाथली पुलबीच क्षेत्रमा रहेको फोहर फालिने ठाउँमा अज्ञात समुहले उक्त बिस्फोट गराएको प्रहरीले जनाएको छ । जावलाखेल प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ । चुनावी माहौल बिथोल्न यसप्रकारको घटना गराइएको हुनसक्ने प्रहरीको भनाई छ ।

फोहोरको थुप्रोमा विस्फोट भएकाले बमको अवशेष समेत भेटिन नसकेको प्रहरीको भनाई छ । उक्त क्षेत्रमा प्रहरी निगरानी तिब्र बनाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचन यता देशका विभिन्न जिल्लामा उम्मेदवार लक्षित बम विस्फोटका घटना हुँदै आएका छन् ।

गत मंगलबार तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावीसभालाई लक्षित गरेर विस्फोट गराउादा घाइते भएका एक म्यादी प्रहरीको ज्यान गएको थियो । गत मंगलबार लगनखेलमा वाम गठबन्धनले आयोजना गरेको चुनावसभा नजिक बम विस्फोट गराइएको थियो ।

सम्बन्धित समाचारहरु