कोरोनाविरुद्धको लडाईमा जापानी मोडल, लकडाउन नै नगरी मिल्यो सफलता

कोरोनाविरुद्धको लडाईमा जापानी मोडल, लकडाउन नै नगरी मिल्यो सफलता


  • केन्द्रबिन्दु डेस्क 

काठमाडौँ । यो लेख तयार पार्दासम्म जापानमा कोरोना भाइरसबाट संक्रमित संख्या ९ सय पुगेको छ । यो गत दुई महिनाको तथ्याङक हो । चीनको उहान राज्यको यात्रा गरेर जापान फर्केका एक व्यक्ति अस्पतालमा भर्ना भएको केही दिनमा नै उनमा कोरोनाको संक्रमण देखिएको थियो, जुन जनवरी १० देखि १५ को बीचको घटना हो ।

इटलीमा चाहि पहिलो ‘केस’ जापानमा भन्दा दुई हप्ता पछाडि जनवरी २३ मा देखिएको थियो । त्यसलगत्तै इटलीले ५० हजार मानिसलाई लमवार्डी क्षेत्रका केही शहरमा क्वारेन्टाइनमा राखेको थियो । त्यसपछि पुरै उत्तरी क्षेत्रलाई क्वारेन्टाइनमा राखियो । अमेरिकामा न्यूयोर्क राज्यले आफ्ना सबै बार र रेष्टुरेन्टहरु बन्द गरेको छ भने क्यालीफोर्नियाले आफ्ना नागरिकहरुको हिडडुलमा पुरै प्रतिबन्द लगाएको छ । तर, जापानको टोकियोमा हेर्नुस त त्यस्तो अवस्था छैन् ।

जापानमा खेलकुदका कार्यक्रम रद्ध गरिएको छ । विद्यालय बन्द छन् । केही मनोरन्जन स्थानहरु बन्द गरिएको छ तर समग्र जापानको अवस्था सामान्य छ । त्यहाँ कुनै क्वारेन्टाइन छैन्, होटल र रेष्टुरेन्टहरुलाई जर्वरजस्ती बन्द गर्न लगाइएको छैन्, केही क्लवहरु समेत खुला रहेका छन् । तपाई विहान चार वजे (जापानको चर्चित नुडल) खान चाहनु हु्न्छ भने त्यो पनि ठिक छ । तपाई सब-वेमा जानु भयो भने केही खाली जस्तो देखिन्छ तर अझै पनि तपाईले खाने कुरा भेट्नुहु्न्छ । तपाई कुनै कार कार भाडामा लिएर यात्रा गर्न चाहनुहु्न्छ भने त्यो पनि गर्न सक्नुहु्न्छ । जापानमा त्यस्तो केही छैन् जसले तपाईलाई रोकोस् । किन यति धेरै फरक ? अन्य देशमा यति नराम्रोसँग फैलिएको यो कोरोना भाइरसलाई जापानले भने फैलनबाट कसरी रोकिरहेको छ ? तपाईले अन्य ठाउँमा भाइरस यति छिटो र यति सजिलोसँग जताततै फैलनुका कारणहरु हेर्नु भयो भने जापान पनि ति कारणहरुबाट मुक्त छैन् ।

जापानको चीनसँग एकदमै नजिकको सम्पर्क छ, जहाँबाट यो रोगको उत्पत्ती भएको थियो । जापानका शहरहरु एकदमै ठूला छन र घनाबस्ती छ । मानिसहरु सानो अपार्टमेन्टमा खाँदिएर बसेका छन् । रेलहरु चलिरहेका छन् । मानिसलाई घरमा नै बसेर काम गर्न भनिएपनि ३८ मिलियन जनसंख्या रहेको यो टोकियो शहर सधै व्यस्त देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार इटलीमा यो संक्रमण एकदमै भयवाह बन्नुको पछाडिको कारण त्यहाँको जनसंख्याको उमेर पनि हो । युरोपको सबैभन्दा जेष्ठ नागरिक भएको मुलुक इटली हो । र, जेष्ठ नागरिकको ठूलो संख्या रहेको यो विश्वकै दोस्रो ठूलो मुलुक हो । कोरानाले बढी उमेर भएकाहरुलाई बढी आक्रमण गर्छ । किनभने उनीहरुको इम्युनिटी पावर एकदमै कम हु्न्छ ।

जापानमा पनि वृद्धहरुको जनसंख्या विश्वमा नै बढी छ । त्यसैले जापान पनि एकदमै संवेदनशील अबस्थामा रहेको छ । चीनमा धेरै मानिसको मृत्यु हुनुको एउटा साझा कारण धुम्रपान हो । जसको फोक्सो पहिले नै विग्रिसकेको हुन्छ र उनीहरुलाई निमोनिया छिटो हुने सम्भावना बढी हुन्छ । यस विषयमा पनि जापान एकदमै संवेदनशील अवस्थामा रहेको छ । जापानमा ३३ प्रतिशत टोवाको कम्पनीको अपनत्व सरकारको हातमा छ । र, धुम्रपान सम्वन्धी यहाँको कानुन पनि एकदमै फितलो रहेको छ ।

सन् २०१७ को तथ्यांक अनुसार जापानमा जि–७ मुलुकहरुमध्ये सबैभन्दा बढी धुम्रपान गर्ने पुरुषहरु थिए । तर अन्य मुलुकमा जस्तो जापानमा सरकारले एकदमै कडा नियमहरु लागु गरेको देखिदैन । जापानले न त चीनमा जस्तो कडा क्वारेन्टाइन लागु गरेको छ न त यात्रामा नै कुनै प्रतिबन्ध लगाएको छ । मानिसहरु जापानको भ्रमण गर्नसक्छन, प्रतिवन्ध लगाएको मुलुकहरुलाई पनि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छैन् । खाली उनीहरुलाई १४ दिन आफै क्वारेन्टाइनमा बस्न भनिएको छ । त्यसैले तपाईले फेरि सोध्नुपर्ने हु्न्छ ? जापनमा किन संक्रमित संख्या एकदमै कम छ ? एकदमै सिनिकल उत्तर दिनेहरुले जापानमा एकदमै कम परीक्षण भएको र जापानमा कम संख्या छ । किनभने त्यहाँ परीक्षण नै भएको छैन् भन्छन् ।

निश्चय नै ओलपिम्क गेमका कारण केही प्रश्न चिन्हहरु रहेका छन् । योजना गरिए अनुसार नै ओलम्पिक गेम अगाडि बढोस् भन्नका लागि सरकारले केसहरु कम देखाउन चाहेको भन्ने आशंका पनि छ । दक्षिण कोरिया भन्दा भिन्न जापानमा हामीले एकदमै मिहिन ढंगले परीक्षण गरिरहेका छौं । विश्व स्वास्थ्य संगठनले ‘परीक्षण, परीक्षण, परीक्षण’ भनेपनि जापानले चाहि एकदमै वृहत लक्षण देखिएका र अगाडि पोजेटिभ देखिएका व्यक्तिसँग प्रत्यक्ष सम्पर्क भएका व्यक्तिहरुको मात्र परीक्षण गरिरहेको छ । जसको उद्धेश्य एउटा सानो समूहरुलाई वृद्धि हुनबाट रोक्नु हो । अहिले नयाँ परीक्षणले १० देखि १५ मिनेटमा नतिजा दिन्छ । अहिलेको नतिजा अनुसार पनि व्यक्तिलाई चार भन्दा बढी दिन निरन्तर ज्वरो आएमा मात्र परीक्षण गरिन्छ । तर, सरकारको परीक्षण रिजिम एउटा असफलता हो भने हामीले यो रोग अन्य माध्यमले फैलेका अन्य प्रमाणहरु अवश्य देख्ने छौ । यसको उपस्थिती पोजेटिभ परीक्षणको रुपमा मात्र देखिदैन् । विरामीहरुको भीड धेरै मानिसहरु मरिरहेको भेषमा समेत देख्न सकिन्छ । तर, हामीले यस्ता अन्य प्रमाणहरु देखेका छैनौै ।

कम संख्या देखिनुका पछाडि मु्ख्यतः तीनबाट विचारहरु देखिन्छ:  षडयन्त्र, भाग्य र सरकारको क्षमता । पहिलो, षडयन्त्र देख्नेहरुले यो केसलाई व्यापक रुपमा छोपिएको दावी गर्छन । उनीहरुका अनुसार मानिसहरु आफ्नो घरमा मरिरहेका छन । परीक्षण भएको छैन, उपचार पनि भएको छैन् र अस्पतालहरुले गलत विवरण दिईरहेका छन् । तर, इटलीमा जस्तै यहाँ मृत्यु भइरहेका भए हाम्रो देशका मु्ल्यवान डक्टरहरु चुप लागेर बसेका छन् ? अथवा बस्न सक्छन् ? भनी विश्वास गर्न गार्हो छ, त्यसैले त्यसो भएको देखिदैन् ।

निरंकुश सरकारहरुले आफ्नो जनसंख्यालाई नियन्त्रण गर्न सक्छन् तर हाम्रोमा सम्भव छैन् किनकी डाक्टरहरु बोल्छन, चीनमा समेत डाक्टरहरु बोलिरहेका छन् । यहाँ निश्चय नै बोल्ने छन् । दोस्रो विचार जसले जापान भाग्यमानि छ भन्छ, त्यसलाई पनि पूर्ण रुपमा मान्न गार्हो छ । तर सरकारको क्षमता भने हो नै, जनस्वास्थ्य र जनअपेक्षा अनुसार सरकार अघि बढेको छ ।

(जापानको प्रसिद्ध पत्रिका जापान टाइम्समा पत्रकार ओस्कार वोइडले तयार पारेको सामाग्रीको भाव अनुवाद ।

Logo