घर भाडा छुट दिन युवासंघ र नेविसंघको माग

घर भाडा छुट दिन युवासंघ र नेविसंघको माग


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले घर बहालमा छुट प्रदान गर्न अपिल गरेको छ ।विश्वव्यापीरूपमा फैलिरहेको समस्यालाई मनन गर्दै निश्चित समयका लागि घर भाडामा छुट दिन माग गरेको हो  ।

‘घर भाडामा बस्ने परिवारहरूको समस्यालाई मनन गर्दै निश्चित समयका लागि घर बाहाल छुट प्रदान गरी मानवता र भातृत्वको उच्च नमुना प्रस्तुत गर्नु हुन् अपिल गर्दछ  ।’ राष्ट्रिय युवा संघ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

त्यस्तै नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  पनि उपत्यकामा भाडामा बस्ने विद्यार्थीलाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । यस्तै  उपत्यका बाहिर घर भएका र घर जना इच्छुक विद्यार्थीलाई निःशुल्क घर जाने व्यवस्था गर्न नेविसंघको माग छ ।
यो पनि 

Logo