नेपालको ७ सहरमा केआइइसीको ‘रोडशो’ (भिडियो)

नेपालको ७ सहरमा केआइइसीको ‘रोडशो’ (भिडियो)


काठमाडौं । केआइइसीले चितवन, विराटनगर, बिर्तामोड, इटहरी, बुटबल, विरगन्ज र पोखरामा केआइइसीले अस्ट्रेलिया र युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि ‘रोडशो’ गर्ने भएका छन् ।

अध्ययनका लागि त्यहाँ गएपछि पढ्नको लागि अवसरका कुरा, त्यहाँका विश्वविद्यालयको बारेमा जानकारी दिने, त्यहाँको बस्ने वातावरणलगायतको बारेमा नेपालको ७ वटा सहरमा जानकारी दिने उद्देश्यले रोड शो गर्न लागेको केआइइसीका सञ्चालक राजेन्द्र रिजालले बताएका छन् ।

रोडशोले कुन विश्वविद्यालय छनौट गर्ने, आफूले सकेको क्षमताअनुसार विद्यालय छान्ने, पारिवारिक विद्यार्थीहरुले कसरी छनौट गर्ने आदि कुराको बारेमा जानकारी दिइनेछ ।

‘रोडशो’को तालिका अनुसार फेब्रुअरी २२ मा विर्तामोड, फेब्रुअरी २३ मा इटहरी, २४ मा बिराटनगर, फेब्रुअरी २५ मा बिरगन्जमा हुने आयोजकले जनाएको छ । त्यस्तै फेब्रुअरी २६ मा चितवन, फेब्रुअरी २७ बुटवल र फेब्रुअरी २८ मा पोखरामा हुने आयोजकले जनाएको छ ।

Logo