दर्जनौ विमान काठमाडौंको आकासमा फन्को मार्दै (भिडियोसहित)

दर्जनौ विमान काठमाडौंको आकासमा फन्को मार्दै (भिडियोसहित)


काठमाडौं ।  आज मौसम खराबका कारण त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमान‍्स्थलमा उडान–अवतरण प्रभावित बनेकाे छ । बिहानैदेखि मौसम प्रतिकुल हुँदा विमान‍्स्थलको उडान अवतरण प्रभावित भएको हो ।

धेरै विमानहरू अवतरण हुन नसकेपछि काठमाडौंको आकासमा दशौं फन्का लगाइरहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका अनुसार मौसम राम्रो नहुँदा अवतरण हुन नसकेको हो । आरएनए ०६१ को नेपाल एयरलाइन्सको विमानले काठमाडौंको आकासमा दशौं फन्को लगाएर बल्ल बल्ल अवतरण गरेको छ ।

त्यस्तै दोहाबाट आएकाे कतार एयरलाइन्सको क्युटिआर ६५२ विमाले विमान‍्स्थलमा अवतरण गर्न नसकेर फन्को लगाइरहेको छ । समाचार तयार पार्दासम्म ११ फन्को मारिसकेको छ ।

यता मलेसियाबाट काठमाडौंका लागि आएको एमएक्सडि १८४ मालिन्दो एयरले पनि काठमाडौंको आकासमा फन्को मारिरहेको छ ।

नेपाल एयरलाईन्सको नयाँ दिल्लीबाट आएको विमान, बैंककबाट आएको थाइ एयरको विमान, दिल्लीबाट आएको इन्डिगो विमानलगायत विभिन्न डोमेस्टिक एयरहरू ल्याण्ड हुन नसकेको नागरिक उडड्यान प्राधिकरणले जनाएको छ

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

 

Logo