#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32420147987815749823423934098
नेपाल693014531843750411

एकिकृत नमुना सन्तपुर बस्ती निर्धारित समयभन्दा पहिले हस्तान्तरण हुने

काठमाडौं, २७ पुस ।

सन्तपुर नमुनाबस्ती माघ २१ गते हस्तारण गर्ने तयारी धुर्मुस सुन्तली फाउन्डेशनले गरेको छ । आजभन्दा ९० दिन अगाडी माघ २४ गते हस्तान्तरण गर्नेगरि निर्माण कार्य सुरु गरिएको उक्त बस्ती निर्धारित समयभन्दा पहिले नै हस्तान्तरण गरिने सिताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन् ।

केन्द्रविन्दूसँगको कुराकानीमा उनले भने रंग रोग, विद्युत, सौचालय र खानेपानी व्यवस्थापनको काम सकिएको छ । हामी बस्ती हस्तान्तरण गर्न आतुर छौँ ।

उनले आफ्नो फेसबुक वालमा एक स्टाटस राख्दै उक्त जानकारी दिएका हुन् । धुर्मुसले आफ्नो फेसकबुक स्टाटसमा लेखेका छन्, “आज ९० दिन भएछ एकीकृत नमुना सन्तपुर बस्ती निर्माणमा जुटेको । निकै खुसी छु । उत्तिकै भाबुक पनि छु। सहयोगी मनहरुले मन फराकिलो नबनाइदिनु भएको भए हामिले बस्तीको परिकल्पना मात्र गरेर सम्भब थिएन। ५ करोड ९५ लाख अनुमानित रकम मध्य अब लगभग १ करोड ५० लाख रकम यो परियोजनालाई अपुग छ र हालसम्म ४ करोड ३१ लाख भन्दा बढी रकम खर्च भैसकेको छ तर आशाबादि छु दैनिक जस्तो सहयोगी मनहरु जोडीरहनु भएको छ ।”

उनि अगाडी लेख्छन्, “हरेक परियोजना आट गरिरहदा जुन प्रकारको बिस्वास र सद्भाव हामी प्रती गरिदिनु भएको छ त्यसले मलाइ निकै ठुलो खुसी अनि भाबुक बनाएको छ। हामीले माघ २४ गते बस्ती हस्तान्तरणको संकल्प गरेका थियौ। खुसीको कुरो निर्धारित समय भन्दा अगाबै माघ २१ गते हामीले बस्ती हस्तान्तरण गर्ने सोच बनाएका छौ ।”

धुर्मुसले सहयोग गर्ने सम्पूर्ण सहयोगी शुभचिन्तक मिडियाकर्मी लगायत सबैलाई धन्यबाद दिएका छन् । साथै उनले माघ २१ गते बस्ती हस्तान्तरण कार्यक्रममा सहभागि हुनका लागी सबैलाई अनुरोध गरेका छन् ।

 

सम्बन्धित समाचारहरु