#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31771441975315740941223386714
नेपाल666324291814248061

डा.केसीले दिए गोपाल पराजुलीलाई राजीनामा गराउन बाध्य बनाउने संकेत !

काठमाडौं, २७ पुस ।

आमरण अनसनमा रहेका डा.गोविन्द केसीले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

डा. केसीले एक विज्ञप्ति जारी गर्दै अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिनुपर्छ भनेर पुष्टी गरेको बताए । डा. केसीले विज्ञप्ती मार्फत भनेका छन्, पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याएकोमा प्रशंसा गर्दछु । साथै छानविनपश्चात सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गरेका छन् ।

आधारभुत योग्यता र नैतिकतामाथि गम्भीर प्रश्न उठेको र छानविन न्यायिक प्रक्रियामा प्रवेश गरेको अवस्थामा पुराजलीले सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको भन्दै उनले भनेका छन्, ‘निज पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रुपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने देखिन्छ ।’ डा. केसीले आफ्ना माग पुरा नभएसम्म अनसन नतोड्ने बताए ।

सम्बन्धित समाचारहरु