शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने ७ जना पक्राउ

शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने ७ जना पक्राउ


काठमाडौं ।

ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द समूहका नेता / कार्यकर्ताहरु रहेका छन् ।

पक्राउ पर्नेमा गोर्खाका कपिल भट्ट रहेका छन् । उनी गण्डकी ब्यूरो सदस्य रहेको प्रहरीले जनाएको छ । अन्य ६ जनामा दैलेखकाभीम अधिकारी, पोखराका विष्णुप्रसाद अधिकारी, रामेछापका हरीचन्द्र खड्का, गोकर्णेश्वरका दिनेश नगरकोटी, गोरखाका विकाश थापा र सिन्धुपाल्चोकका राजकुमार मगर रहेका छन् ।

उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माघ १ गते बेलुका ढकालको घरको गेटमा बम विस्फोट गराइएको थियो ।

Logo