माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक उद्घाटन

माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक उद्घाटन


काठमाडौं ।

माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको एक कार्यक्रमबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा समुद्घाटन उद्घाटन भयो ।

उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले माछापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथानयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफलहोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।

साथै पुँजीबजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र थप नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने बिश्वास लिएको जानकारी गराए ।

त्यस्तै माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिए ।

यस क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानी भित्र मात्र नभइ देश भरी रहेका लगानीकर्ताहरुलाई सेवा पु¥याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरे ।

Logo