राजपा र समाजवादीबीच बोलचाल बन्ददेखि बेलायतमा २०२० भरी संक्रमणकालसम्म (भिडियोसहित)

राजपा र समाजवादीबीच बोलचाल बन्ददेखि बेलायतमा २०२० भरी संक्रमणकालसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये झण्डै आधा शताब्दि लामो सदस्यता त्याग्दै संयुक्त अधिराज्य बेलायत शुक्रबार मध्यराती युरोपेली संघ इयुबाट अलग्गिएको छ ।
काठमाडौं महानगरमा घर बाहिर निस्केका बेला दिशा पिसाब लाग्यो भने निक्कै सकस पर्छ । तपाईले पनि त्यस्तो सकसको महशुष गर्नुभएकै होला । पर्याप्त सार्वजनिक शौचालयको अभाव र भएका शौचालयहरुको अवस्था पनि नाजुक रहेकाले सर्वसाधारणलाई अफ्ठेरो पर्दै आएको छ । अब चाहिं त्यस्तो अफ्ठेरो अलिक कम हुने भएको छ । काठमाडौं महानगरमा ६९ वटा नयाँ सार्वजनिक शौचालय थपिने भएका छन् ।
मधेशवादी दलहरु राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीवीच एकताको प्रसङ्ग निकै लामो समयदेखि चर्चामा छ । समाजवादी पार्टी २ बर्षअघि सरकारमा सामेल भएपछि राजपा चिढियो । त्यसपछि राजपाले शर्त अघि सार्यो, एकताका लागि समाजवादीले सरकार छाड्नुपर्छ । एक महिना अघि सरकार छाड्दा समाजवादीले संविधान संशोधनका लागि सरकार तयार नभएको कारण दियो । त्यसपछि फेरि दुई पार्टीविच शुरु भएको एकता चर्चा अहिले जारी छ तर नेताहरुविच आरोप प्रत्यारोप भने रोकिएको छैन ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल सम्बन्धी एउटा सूचना जारी गर्याे । जसमा अबदेखि सामाजिक सञ्जाल कम्पनीहरुसँग कारोबार गर्दा औपचारिक माध्यम मात्रै प्रयोग गर्न भनिएको थियो । तर, यतिबेला सामाजिक सञ्जालमा विज्ञापन गर्न र त्यसबाट आम्दानी गर्न समेत नपाइने भनेर सरकारको आलोचना भइरहेको छ । तर वास्तवमा विज्ञापन र आम्दानी नै गर्न नपाउने भने होइन । उसो भए के हो त वास्तविकता ? बिस्र्ततमा जान्नको लागि पुरा भिडियो नै हेर्नुपर्छ ।

भिडियो यहाँ छ ।

Logo