बुधबार काठमाडौँका यी ठाउँहरूमा साढे ९ घण्टा ‘लोडसेडिङ’

बुधबार काठमाडौँका यी ठाउँहरूमा साढे ९ घण्टा ‘लोडसेडिङ’


भोलि (बुधबार) राजधानीका विभिन्न स्थानमा साढे ९ घण्टा बिजुलीको लाइन काटिने भएको छ  । नेपाल विद्युत प्राधिकरणले बुधबार बुढानिलकण्ठ फिडरबाट आपूर्ति हुने विद्युत अवरोध हुने जनाएको हो ।

प्राधिकरणका अनुसार बिहान साढे ७ बजेदेखि बेलुका ५ बजेसम्म उक्त फिडरबाट बिद्युत आपूर्ति हुने बसुन्धारा, सामाखुसी चोक, रानीबारी , गोंगबु चोक, टोखा रोड हुदै ग्राण्डि अस्पताल आसपास क्षेत्रमा विद्युत आपूर्ति अवरोध हुनेछ ।

चक्रपथ विस्तारको क्रममा रुख काटिन लागेकोले बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ । यद्यपि ५ बजेसम्म भन्दा अगावै रुख कटानको कार्य सकिएमा त्यस भन्दा अगाडि नै बिद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ ।

Logo