सुकुटे-सिन्धु महोत्सव फागुनमा

सुकुटे-सिन्धु महोत्सव फागुनमा


सिन्धुपाल्चोक,

नेपाल भ्रमण वर्ष २०२०, लाई भव्यरूपमा सफल बनाउन, चौतारा साँगाचोकगढी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको विकास गर्न र सुकेटेलाई नेपालकै पर्यटन केन्द्रको रूपमा विकास गर्न आगामी फागुन १ देखि ७ गतेसम्म ‘सुकुटे सिन्धु’ महोत्सव हुने भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका र पर्यटन व्यवसायीहरुको प्रारम्भिक संयुक्त बैठकले सो निर्णय गरेको हो । नगरपालिका र पर्यटन व्यवसायीको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो । बैठकले महोत्सवको कार्यक्रमको प्रकृति, स्थान लगायत अन्य विभिन्न विषयमा अध्ययन गर्दै कार्यक्रमको सम्भावना विस्तृत अध्ययन गर्न नगर प्रमुख अमान सिं तामाङको संयोजकत्वमा एक कार्यसमिति समेत गठन गरेको छ ।
रासस

Logo