काभ्रेमा आज १८ जना संक्रमित थपिए, १ जनाको मृत्यु

काभ्रेमा आज १८ जना संक्रमित थपिए, १ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज १८ जना संक्रमित थपिएका छन् । आज १ जनाको मृत्यु भएको छ । काभ्रेमा आज बेथानचोकका ८६ वर्षिया महिलाको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार २१७ जना संक्रमित छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका ८, धुलिखेलका ७, पनौतीका १, पाँचखालका १ र महाभारतका १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ३२ सय १७ पुगेको छ । निको हुनेको संख्या ३ हजार ३९ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १३५ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ४२ पुरुष र १७ महिला गरी ५९ जनाको मृत्यु भएको छ । जसमध्ये १२ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।

आज काठमाडौं उपत्यकामा आज ३१८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २५०, भक्तपुरमा ३४ र ललितपुरमा ३४ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९५ हजार २३५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ७२१ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ९२५ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १९ हजार ५३० पुगेको छ ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ । आज ७४३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । आज निको हुनेको संख्या ९५२ रहेको छ ।

आजको पिसिआर परीक्षण ६ हजार ५५९ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ९० हजार ७४० रहेको छ । आज ७ हजार ५१५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

 

Logo