बैमानीलाई नजर नलगाउन डीआर उपाध्यायको आग्रह (भिडियो सहित)

बैमानीलाई नजर नलगाउन डीआर उपाध्यायको आग्रह (भिडियो सहित)


काठमाडौं,

गीतकार डा. डीआर उपाध्याय नयाँ गीतका साथमा पुनः बजारमा आएका छन् । उनले पछिल्लो पटक सार्वजनिक गरेको गीतमा बैमानी नजर नलगाउन आग्रह गरिएको छ ।

‘नलाऊ नजर बैमानी’ बोलको सार्वजनिक गीतमा गायक योगेशकाजी र गायिका श्रृंखला जोशीले स्वर दिएका छन् । गीतमा सागर अधिकारी ‘शरद’ले संगीत गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई निश्चल केसीले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहालले जोडीका रुपमा अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको म्यूजिक भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

गीतकार डा. डी. आर उपाध्यायको पछिल्लो समय निक्कै चर्चा छ । निरन्तर रुपमा गीत÷संगीत सार्वजनिक गरिरहेका उपाध्यायले पछिल्ला २ हप्तामा २ अवार्ड आफ्नो पोल्टामा पारिसकेका छन् । त्यसो त गीतकार संघ नेपालले हरेकवर्ष प्रदान गर्दै आएको ‘वर्ष गीतकार’ पुरस्कार पनि यो वर्ष गीतकार उपाध्यायलाई नै प्रदान गरिएको थियो ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले ७ गीति एल्बमका ३६ वटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । हेरौं गीतको भिडियो:

https://www.youtube.com/watch?v=5nOhRnlAlKg&feature=youtu.be&fbclid=IwAR2VRAFMLd4ZM1NADEPSJjLlLha50xQ7GzWObEn0dC29YZxcUdY_15QGC-U

 

Logo