काठमाडौं उपत्यकामा आज २३८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा आज २३८ जनामा कोरोना पुष्टि


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज २३८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९४ हजार ४५० जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ६४३ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ७९४ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १८ हजार १११ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ जना पुगेको छ । आज ५८८ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८८ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ९७ रहेको छ ।

आजको पिसिआर परीक्षण ४ हजार ६२० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ७० हजार ८३० रहेको छ । आज ८ हजार ३२० जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo