नेकपा स्कुल विभाग विवाद थप उत्कर्षमा

नेकपा स्कुल विभाग विवाद थप उत्कर्षमा


काठमाडौं,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभागमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । विवाद समाधान नभएपछि मंगलबार बस्ने भनिएको सचिवालय बैठक नै स्थगित भएको छ ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको थियो । तर, पार्टीको स्कुल विभागमा देखिएको विवाद अझै समाधान नभएपछि बैठक स्थगित भएको हो । स्कुल विभागको विवाद समाधान गरी सचिवालय बैठक बिहीबार बस्ने नेकपा स्रोतले जनाएको छ ।

पार्टीको वैचारिक एवं शक्तिशाली विभागको रूपमा रहेको स्कुल विभाग प्रमुखका लागि सचिवालय सदस्यद्व ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबेदारी छ । दुवै नेता आफ्नो अडानमा टसमस नभएपछि पार्टीका शीर्ष नेता मिलाउने प्रयासमा छन् ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित शीर्ष तहमै स्कुल विभाग तत्कालीन एमालेले लिने सहमति भएको थियो । पूर्व एमालेको भागमा परेपछि पोखरेलले दाबी गरेका थिए । तर, तत्कालीन माओवादी नेताले पोखरेललाई स्कुल विभाग प्रमुखमा स्वीकार गर्न नसकिने बताएपछि विवाद सुरु भएको हो ।
राजधानीबाट

Logo