तनहुँको समानान्तर कांग्रेसले रामचन्द्र पौडेललाई कारवाही गर्‍यो

तनहुँको समानान्तर कांग्रेसले रामचन्द्र पौडेललाई कारवाही गर्‍यो


तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कारवाहीमा परेका छन् । पौडेलसँगै पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी पनि कारवाहीमा परेका छन्। कांग्रेसबाट केन्द्रमा प्रतिनिधित्व गर्ने यी दुई शीर्ष नेतासहित धेरै महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुमाथि कारवाही गरिएको हो ।

उनीहरुमाथि तनहुँमा गठित कांग्रेसको समानान्तर कार्य समितिले कारवाही गरेको हो । कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीनिकट नेता, कार्यकर्ताले गत माघ ८ गते समिति घोषणा गरेको थियो।

पौडेलनिकटको बाहुल्यता रहेको जिल्ला समितिले आफूहरुलाई उपेक्षा गरेको र चुनावको टिकट वितरणमा विभेद गरेको भन्दै जोशीले समानान्तर कमिटी गठन गरेका थिए ।

चुनावमा भएको अन्तरघात सम्बन्धमा गठित समिलिे चुनावमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै थुप्रै जिल्ला नेतालाई कारवाहीको सिफारिसमा गरेको थियो। समितिको सिफारिसमा कारवाहीमा परेका बाहुल्य नेताहरुले पछि समानान्तर कमिटी गठन गरेका थिए ।

Logo