बिना मगर भन्छिन्ः सन् २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी (भिडियो)

खानेपानी मन्त्री विना मगरले सन् २०३० सम्म सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ मन्त्रालयले काम गरिरहेको बताएक छिन् ।

ललितपुरको लुभूमा सनिबार लुभू खानेपानी तथा सरसफाई उपभोक्ता संस्था तल्लो दोभान खानेपानी आयोजनाको दोश्रो बार्षिक साधारण सभालाई सम्बोधन गर्दे मन्त्री मगरले २०३० सम्ममा सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउने सरकारको लक्ष प्राप्त गर्ने बाटोमा मन्त्रालयले अघि बढेको बताईन् ।

सरकार सम्वृद्ध नेपाल, विकसित नेपालको सपना बोकेर हिडेको उल्लेख गर्दै उनले सबैलाई स्वच्छ खानेपानीको पहुँच उपलब्ध गराउदै जनताको सुख, शान्ति र खुसीको कल्पनालाई सरकारले साकार पार्ने बताईन् ।

पानीमा थुप्रै संभावना रहेकाले मुख्य आयस्रोतको रुपमा पानीलाई प्रयोग गर्ने रणनीति अनुसार कार्ययोजना बनाउन मन्त्रालय लागि परेको उनले उल्लेख गरिन् । उनले नेपाली उद्योगपतिलाई स्वच्छपानीको व्यवसायीकरणमा केन्द्रीकृत गर्ने गरि मन्त्रालयले कार्ययोजना बनाईरहेको बताईन् ।

तल्लो दोभान खानेपानी आयोजना अन्र्तगत २ लाख लिटर क्षमताको रिजर्भ पानी टैंकको २०६९ बैशाख ९ गते तात्कालिन अर्थमन्त्री बर्षमान पुनले शिलन्यास गरेका थिए ।