कर्णाली जिप दुर्घटना : कुशको शव बनाएर अन्त्येष्टि

कर्णाली जिप दुर्घटना : कुशको शव बनाएर अन्त्येष्टि


काठमाडौं,

कर्णाली नदीमा खसेर बेपत्ता भएको लु १ ज ७१६६ नंको जिप ३ दिनसम्म फेला नपरेको प्रहरीले जानकारी दिएको छ । जिप गत मंगलबार दिउँसो नदीमा खसेको थियो । जिप दुर्घटनामा हराएकाहरूको खोजी कार्य जारी रहे पनि भेट्टाउन नसकेको खोजी कार्यमा संलग्न सशस्त्र प्रहरी बलका निरीक्षक लक्ष्मण बस्नेतले जानकारी दिए ।

बुधबार सेनाको एमआई सेभेन्टिन हेलिकप्टरबाट कुरिनटारदेखि सशस्त्र प्रहरी निरीक्षक बस्नेतको नेतृत्वमा १० जना गोताखोर टोली हुम्ला पुगेको थिए । घटना स्थलमा खोजी कार्यमा पुगेका उनीहरूले शवको खोजी कार्य गरे पनि पत्ता लगाउन नसक्दा घटनाको थप जानकारी पाउन कठिन भएको छ ।

निरीक्षक बस्नेतले पानीको बहाव बढी हुनु, पानी चिसो र धमिलो भएकाले खोजी कार्यमा समस्या भएको बताए ।

यसैविच कर्णाली नदीमा जिप खसेर भएको दुर्घटनामा यात्रुहरुको शव नभेटिएपछि बिहीबार एउटै चितामा ४ जनाको कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । आफन्तहरुले हिन्दु परम्परा अनुसार कुश र परालको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।

खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल, नन्दादेवि सिंह, बसन्ती शाही, गोकुल सुनारको पुत्ला बनाएर अन्त्येष्टि गरिएको हो । यसै गरी चन्द्र हमाल, जिप चालक मणि शाही, नैनसिंह भण्डारी, बसन्ती शाही, कौरा दमाई र उनको २ वर्षीय छोरा लगायतको पनि हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । नदीमा जिप बेपत्ता भएपछि अहिले हुम्लाबासी शोकमा डुबेका छन् ।
नयाँ पत्रिकाबाट

Logo