वर्षा राउतलाई वर्षा सिवाकोटीको प्रश्न, ‘हामी एक अर्काका दुश्मन कसरी बन्यौं ?’

वर्षा राउतलाई वर्षा सिवाकोटीको प्रश्न, ‘हामी एक अर्काका दुश्मन कसरी बन्यौं ?’


नायिका वर्षा राउत र नायिका वर्षा सिवाकोटी अभिनित चलचित्र ‘विर विक्रम–२’ र ‘जात्रै जात्रा’ आउँदो जेठ ३ गतेबाट प्रदर्शन हुँदैछ । एकै नाम र एकै ब्यानरबाट फिल्मी करियर सुरु गरेका यी दुई नायिकाको बारम्बार मनमुटावको चर्चाले मिडिया नै तताउने गर्दछ । तर उनीहरुको मनमुटाव भएको हल्ला चलिरहँदा उनीहरु भने आफुहरुबीच मनमुटाव नै नभएको बताँउदै आएका छन् ।

यसै क्रममा वर्षा सिवाकोटीले हालै वर्षा राउतलाई सम्बोधन गर्दै एउटा स्टाटस सार्वजनिक गरेकी छन् । जसमा उनले आफूहरुबीचमा कुनै मनमुटाव र दुश्मनी नभएको बताएकी छिन् ।

सिवाकोटीले लेखेकी छन्, ‘डियर वर्षा राउत खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौं अरे । हामी प्रतिस्पर्धी पक्कै हौंला, एकै क्षेत्रमा काम गरिरहेका छौं । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौं न मैले । एकै ओछयानमा सुतेपछि खुट्टा लाग्नु त स्वाभाविक नै हो नि होइन र ? हिजो एकै फ्रेममा अटाएका हामी आज एक अर्काको दुस्मन बनाइएका छौं । के साच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौं र ? न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिले कसैसामु सङ्कुचित भावना राखेर कुरा काट्दै हिँडेका छौं । तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौं ?

एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौं र ? तिमीले तिम्रो कर्म गरिरहेकी छौं मैले मेरो कर्म । कर्म फरक फरक गरे पनि धर्म त हाम्रो उही कलाकारिता नै हो नि होइन र ? भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन् र ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन् । दिन फरक भए होला समय पक्कै फरक थिएन ।

फेरि त्यही समयमा फर्कौ जहाँ हामी एकै फ्रेममा रमाएका थियौं । यो भन्दै गर्दा फेरि केही दिनमा फेरि सुन्न पाइनेछ ‘जेठ ३’ मा दुई वर्षाको भिडन्त । तर म भन्छु, जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल–हलमा । हामीसँगै लाग्दैछौं । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौं । ‘जात्रै जात्रा’ को लागि तिमीलाई शुभकामनमा ।’

उक्त स्टाटसमा वर्षा राउतले कमेन्टमा सकारात्मक प्रतिक्रिया दिएकी छन् । राउत भन्छिन्, ‘फुलको आँखामा फुलै संसार । मेरो केही भन्नु छैन् । मुख्य कुरा हामीले एकअर्कालाई कसरी लिन्छौं भन्ने हो । हामी कलाकार आज एउटासँग भोली अर्कोसँग काम गर्नुपर्ने हुन्छ । कुन फिल्म कहिले आउने भन्ने हाम्रो हातमा हुँदैन् । यसमा कुनै हाम्रो गल्ति देखिदैन् ।’

वर्षा राउतले पनि वर्षा सिवाकोटीलाई चलचित्र ‘विर विक्रम २’ को लागि शुभकामना दिएकी छन् । यस अघि नायिका सिवाकोटी र राउत आफुहरुबीचको मनमुटावको विषयलाई लिएर यति खुलेर कुरा गरेका थिएनन् ।

साथै सार्वजनिक स्टाटस मार्फत वर्षा सिवाकोटीले वर्षा राउतलाई उनको चलचित्र ‘जात्रै जात्रा’ को लागि शुभकामना समेत दिएकी छन् र आफुहरुबीच कुनै दुश्मनी नभएको र यी मनमुटावका कुराहरु हल्ला मात्र भएको प्रष्ट पारेकी छिन् ।

जेठ ३ मा दुई वर्षाको भिडन्त

Logo