काठमाडौंमा चीन र भारतबाट रेल आउँछ- प्रचण्ड

काठमाडौंमा चीन र भारतबाट रेल आउँछ- प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले छिमेकी चीन र भारतबाट काठमाडौंमा रेल आउने बताएका छन् ।

प्रतिनिधि सभा संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा मंगलबार भाग लिँदै दाहालले उत्तर र दक्षिणी छिमेकी मुलुकलाई रेल मार्गले जोड्ने सपना अब साकार हुने अवस्थामा पुगेको दावी गर्दै काठमाडौंमा रेल आउने कुरा श्वेर कल्पना नभएको जिकिर गरे ।

दाहालले त्याग, बलिदानको संकल्प गरेर नेतृत्वले नीति तथा कार्यक्रम कार्यान्वयनमा लानुपर्ने बताएका छन् । ‘नेतृत्वले त्याग, बलिदानको संकल्प नगर्ने हो भने खतराको घण्टी बज्न सक्छ। आज नभए, भोलि। भोलि नभए पर्सी,’ उनले भने, ‘संघीयता कार्यान्वयन, कर्मचारी समायोजनमा जटिलता छ। कार्यशैलीगत समस्या छ।’

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवातर्फ इंगित गर्दै दाहालले नीति तथा कार्यक्रमलाई आश्वासनको पुलिंदा भनेकोमा प्रतिपक्षको धर्म निर्वाह गरेको बताए। ‘आश्वासनको पुलिंदा भन्नु प्रतिपक्षको धर्मभित्रै छ। सकारात्मक चुनौतीको रूपमा लिएर सरकारले जिम्मेवार भएर कार्यान्वयनमा जानुपर्छ,’ उनले भने।

नीति तथा कार्यक्रमले भूउपयोग नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन बल पुगेको बताउँदै मुलुक कृषिको आधुनिकीकरणतर्फ उन्मुख भएको भनाइ थियो ।

Logo