बारा र पर्साका हावाहुरीपीडितहरुका लागि आवास निर्माण सुरु गरिएको छ । सेनाले बारा र पर्साका हावाहुरीपीडितहरुका लागि १४ सय ५३ घर निर्माण गर्न लागेको छ ।
सरकारका १० मन्त्रीसहित प्रदेश नम्बर–२ का मुख्यमन्त्रीले शनिबार बारा र पर्साका ११ ठाउँमा एकैसाथ घर निर्माणको शिलान्यास गरेका हुन् । बाराको फेटा गाँउपालिकामा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले घर निर्माणको शिलान्यास गरे । त्यसैगरी, उप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायत अन्य मन्त्रीहरुले प्रभावित क्षेत्रहरुमा आवास निर्माणको शुभारम्भ गरे ।
हावाहुरी प्रभावित क्षेत्रमा पुनःनिमार्णका लागि झन्डै तीन हजार नेपाली सेना परिचालन गरिएको छ । त्यसैगरी, ७५० जना इन्जिनियर पनि सरकारले खटाएको छ । सेनाले आगामी साउन १२ गतेभित्र सम्पूर्ण घरहरु निर्माण गरिसक्ने जनाएको छ ।
प्रतिक्रिया